|

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्से डे लियोनले जितेकी छन्। चीनको सान्यामा शनिबार साँझ सम्पन्न मिस वर्ल्ड २०१८ को फाइनलमा मिस वर्ल्ड २०१७ की विजेता भारतकी मानुसी चिल्लरले भेनेसालाई ताज पहिर्‍याइदिएकी थिइन्।

 भेनेसा ६८औँ मिस वर्ल्ड बनेकी हुन्।

मिस वर्ल्ड २०१८ को फर्स्ट रनरअप थाइल्यान्डकी सुन्दरी निकोलेने लिम्सनुकान भइन् भने सेन्केन्ड रनर अप बेलारुसकी मारिया भासिलेभिच भइन्। युगान्डा र जमाइकाका सुन्दरी पनि टप ५ मा पुगेका थिए।

त्यसैगरी मिस वर्ल्ड युरोप २०१८ बेलारुसकी प्रतिस्पर्धी भइन्। त्यसैगरी मिस वर्ल्ड क्यारेबियन जमाइका, मिस वर्ल्ड अफ्रिका युगान्डा, मिस वर्ल्ड अमेरिका मेक्सिको र मिस वर्ल्ड एसिया र ओसानिया थाइल्यान्डकी सुन्दरीले हात पारिन्।

नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडाले मिस वर्ल्डको टप १२ मा पुगेर मिस वर्ल्ड २०१८ को यात्रा टुंग्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.