|

काठमाडौं : वैदिक नववर्ष अर्थात् कलिस‌वत् ५०८४ मनाइएको छ। मूल वैदिक परम्पराका अनुयायीहरूले विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाएका हुन्। 

नयाँ वर्षको अवसरमा शनिबार स्वाद्ध्यायशालाले बुढानीलकण्ठमा वैदिक नववर्षारम्भ कार्यक्रम गर्‍यो। कार्यक्रममा स्वाद्ध्यायशालाका सदस्य तथा वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले वैदिक कालगणनापद्धतिको विशेषताबारे बताए।

स्वाद्ध्यायशालाका सदस्य डा‍‍‍. सम्मोदवर्धन कौण्डिन्न्यायनले आठ वर्षदेखि प्रकाशित हुँदै आएका वैदिक पात्रोका विशेषता र शुद्ध गणना र शुद्ध साइतको महत्त्वबारे जानकारी दिए। 

वैदिक पात्रोका सम्पादक कौण्डिन्न्यायनले उत्तरायण, शिशिर ऋतु र तपोमाससँगै आरम्भ भएको जानकारी दिए। उनका अनुसार यो वत्सरको नाम इद्वत्सर हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.