|

काठमाडाैं : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको सातौँ चरणमा संकटा क्लबले  न्युरोड टिम (एनआरटी) माथि १–० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा संकटाले जित निकालेसँगै मनाङमाथि भने दबाब बढेको छ।

संकटाले जितपछि सात खेलबाट १८ अंक बटुलेको छ। एक खेल कम खेलेको मनाङको पनि १८ अंक नै छ। हलचोक मैदानमा संकटाले लिगमा एक जित पनि ननिकालेको एनआरटीविरुद्ध प्रतिस्पर्धा गरेको थियो। संकटाले लिगमा पाँच जित शहीद उपाधि दाबेदारीमा अघि बढ्दा एनआरटी पहिलो जितको खोजीमा थियो। एनआरटीले छिमेकी क्लब संकटामाथि पूरै समय खेल दबाबमा राख्यो। तर इन्जुरी समयमा सम्हालिन नसक्दा एनआरटीले पुनः एक पटक अंक गुमाउन बाध्य भयो। संकटाका लागि इन्जुरी समयमा म्याक्सवेलले गोल गर्दै संकटालाई १–० को निर्णायक जित दिलाए।

पुलिस र शेर्पाले अंक बाँडे

शनिबार नै भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेको छ। बराबरी नतिजासँगै पुलिस ११ अंकका साथ पाँचौँ स्थानमा छ। हिमालयनले पनि ११ अंक जोडेको छ। हिमालयन छैटोँ स्थानमा छ। गोलअन्तरमा पुलिसमाथि छ। दुवै क्लबले समान ७ खेलमा ३ जित, २ बराबर तथा २ हारको सामना गरेका छन्।

प्रतिस्पर्धामा पुलिसले अग्रता लिएको थियो। खेलको ३१ औँ मिनेटमा पुलिसका भरत साहले गोल गरे। उनले तेज तामाङको सटिक पासमा पुलिसलाई १–० को अग्रता दिलाए। पहिलो हाफमा पुलिसविरुद्ध हिमालयनले बराबरी गोल प्रयास गरेको थियो। तर पुलिसको डिफेन्स हिमालयनका खेलाडीले तोड्न सकेनन्। खेलको ७० औँ मिनेटमा विश्वास श्रेष्ठले हिमालयनलाई १–१ को बराबरीमा पुर्‍याएपछि पुलिस संभावित जितबाट विमुख भयो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.