|

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १६ खेल सम्मको अपराजित यात्रा जारी राखेको छ। शनिबार भएको खेलमा लिभरपुल मोहमद सलाहको  ह्याट्रिकमा बोर्नेमाउथलाई ४–० ले पराजित गर्दै अपराजित यात्रा जारी राखेको हो।

लिभरपुलका लागि दोस्रो ह्याट्रिक गरेका सलाहको सनसनिपूर्ण प्रदर्शनसँगै सिटीमाथिको दबाब कायम राख्न लिभरपुल सफल भयो। लिगमा लिभरपुलको ४२ अंक भएको छ। चेल्सीसँगको खेल अघिसम्म म्यानचेस्टरसिटीको ४१ अंक रहेको छ। सलाहले पहिलो हाफको २५ औं मिनेटमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप दुई गोल संभव बनाए। उनले ४८ र ७७ औं मिनेटमा गोल गरे। त्यसअघि ६८ औं मिनेटमा लिभरपुलले अर्को आत्माघाती गोल उपहार पाएको थियो।

लिभरपुलले १६ खेलमा ४२ अंक जोेडेको छ जुन उसको टप लिग खेलमा सर्वाधिक राम्रो अंक हो। साथै सलाहले लिभरपुलले खेलेका ५२ प्रिमियर लिगमा उनले ४० खेलमा पहिलो गोल गरेका छन्। उनी सर्वाधिक चाँडो धेरै गोल गर्ने खेलाडीको कीर्तिमान नजिक छन्। फर्नान्डो टोरेस ६० र डेनियल स्टुरेज ६४ पछि सलाह रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.