राजनीति

प्रधानमन्त्रिविरुद्ध खनिए कांग्रेस नेता कोइराला र थापा
SHARES

मंसिर २३, २०७५

    विराटनगर : नेपाली कांग्रेस का नेता डा.शेखर कोईराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने माग गरेका छन्।

    मोरङ क्षेत्र नम्बर ३ ले बिराटचाेकमा गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोइराला र थापाले यस्तो माग अघि सारेका हुन्।  कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा.कोइरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे। नैतिकता गुमाइसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै नेता कोइरालाले उनले अब तत्काल राजिनामा दिनुपर्ने बताए।

    केही दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरीहपन प्रदर्शन गरेको उनले बताए। ‘एउटा आइएनजीओको विवादित कार्यक्रममा निरीह बन्ने सरकारले देश चलाउँन सक्दैन।’ उनले भने, ‘प्रधानमन्त्रीले नैतिकता गुमाइसके। उनलाई अव १ मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएकाले तत्काल राजिनामा दिनुपर्छ।’

    एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे। फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकूल परिस्थितिमा पनि सत्तारुण दलबाट कांग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए। पार्टी सक्रियताका हिसावले मोरङ क्षेत्र नम्बर ३ उदाहरणीय रहेको भन्दै नेता कोइरालाले सो क्षेत्रमा कांग्रेस नेता डा. सुनिल शर्मा लगायतको सक्रिय भूमिकाको प्रशंसा गरे। मोरङको ३ नम्बर क्षेत्र कांग्रेसको किल्ला भइसकेकाले अब यसलाई कसैले तोड्न नसक्ने उनको दाबी छ। 

    कार्यक्रमलाई संवोधन गर्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले यो सरकारले अव चार वर्ष काम गर्न सक्ने अवस्था नै नरहेको दावी गरेका छन्। नेकपा नेतृत्वको सरकार एक वर्ष भित्रै धेरै आलोचित भएर असफल सावित भइसकेको उनले बताए। सरकार गठनका लागि मात्र एमाले र माओवादी एक भई नेकपा पार्टी बनेको भन्दै नेता थापाले यो पार्टी सरकारमा पुग्न सफल भएपनि सरकार चलाउँन असफल भएको जिकिर गरे।

    ‘यो सरकार अब चार वर्ष रहनु भनेको देशले चार वर्ष खेर फाल्नु हो।’ नेता थापाले भने, ‘अब कांग्रेसले सरकारमाथि निगरानी र हस्तक्षेप गर्नुको विकल्प छैन।’  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]