|

धनगढी : कैलालीको मोहन्याल गाँउपालिकामा भिरबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका १ बढीकथाईकी  ३३ वर्षीया खगिसरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि वलीले बताए।

घर छाउने खर काट्ने क्रममा उनी चोसेकाडाको नरकट्टे भिरबाट लडेकी थिइन्।  घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ। मगरका दुई छोरा र एक छोरी छ्न्। श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.