|

भारत प्रशासीत काश्मिरमा यात्रुबाहक बस दुर्घटना हुँदा  १४ जनाको मृत्यु भएको छ। 

बाटोबाट झण्डै ७० मिटर तल खसेर बस दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्। दुर्घटनामा परेको बसमा २६ जना यात्रु रहेका थिए।  पहाडी क्षेत्रमा पर्ने पुन्च भन्ने ठाउँमा साघुँरो बाटो र अफ्टयारो घुम्तीका कारण दुर्घटना भएको बताइएको छ। घटनास्थल श्रीनगरदेखि २०० किलोमिटर टाढा पर्ने वरिष्ठ प्रहरी निरीक्षक राजिव पाण्डेले जानकारी दिए। 

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई विमानबाट जम्मुमा रहेको अस्पताल लगेर उपचार गराइएको छ।  चालकको लापर्वाही, साँधुरो र खराब अवस्थाको सडक लगायतका कारणले भारतमा धेरै यस्ता दुर्घटना हुने गरेका छन्। भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमा पर्दछ।

तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष सडक दुर्घटनामा परी औसतमा एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.