|

काठमाडाैं :  एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४३ रन बनायो। ओपनर कुशल भुर्तेललाई छैठौं ओभरमा गुमाएको ललितपुरका लागि सोनु तामांग र सन्नी पटेलले सम्हाले।

चौथो विकेटको लागि सोनु र सन्नीले २५ बलमा ४८ रनको साझेदारी गरे। आक्रामक इनिंग खेल्ने क्रममा सन्दिप जाेराले ८ बलमा १ चौका र ३ छक्का मदतले २५ रन बनाए। इनिंगको अन्तिम ओभरमा सन्दिपले कमल सिंह ऐरिलाई ३ छक्का प्रहार गरेका थिए। सोनु तामांगले अविजित ३५ रन बनाउने कममा २४ बलमा ३ छक्का र १ चौका प्रहार गरे। १ सय ४४ रनको लक्ष्यसहित मैदानमा आएको चितवनले अहिले जवाफी व्याटिङ गरिरहेको छ। चितवनका जर्ज स्कर्टले २ विकेट  लिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.