समाज : सुरक्षा/अपराध

धानको बोरामा लुकाएको पेस्तोलसहित दुई पक्राउ
SHARES

मंसिर २३, २०७५

    जनकपुरधाम : सिरहाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धानको बोरामा घरमाथि लुकाई छिपाई राखेको पुस्तोलसहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षिय रामचन्द्र पासवान र लहान नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षीय रंजित यादव रहेका छन्। लहान नगरपालिका-४ स्थित कृष्णप्रसाद यादवको घरमा हतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

    प्रहरी नायव उपरीक्षक राजेश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरको छतमाथि धानको बोरामा लुकाई राखेको कटुवा पेस्तोल २ थान र केएफ ८ एमएम लेखिएको थ्री नट थ्रीको मिस राउण्ड गोली १ थानसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरेहको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]