|

काठमाडौं : फिल्म 'जे सुकै होस्' को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कुलतमा फसेका युवाको दिनचर्यालाई प्रस्तुत गर्न खोजिएको ट्रेलरमा धेरै दुई अर्थी लाग्ने शब्द प्रयोग गरिएको छ। ट्रेलरमा इन्टिमेट सिन समेत देखाइएको छ।

पुस २० गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको यस फिल्ममा चन्दा ढकाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, ए.वी अन्जान लगायतको मुख्य भूमिका रहेको छ। उमेश गुरुङ निर्देशित फिल्ममा नवराज जंग थापाको लगानी रहेको छ।

सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा, डी आर अटुको संगीत रहेको फिल्ममा उमेश गुरुङको कोरियोग्राफी रहेको छ। फिल्मको सम्पादन बनिश शाह र सालिक दुलालले गरेका हुन्।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.