|

काठमाडाैं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपिएफले सरस्वती क्लबमाथि ३–० को सहज जित निकालेको छ। एपीएफले एकतर्फी दबाब बनाएको खेलमा १८ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो। स्याम नेपालीको कर्नरमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाए।

त्यसो त एपिएफविरुद्ध पनि सरस्वतीले केही सीमित मौकाहरू बनाएको थियो। एपीएफका लागि ३० औं मिनेटमा युवराज खड्काले गरेको हेड पोस्टमा लागेर बाहिरिएको थियो। ४३ औं मिनेटमा युवराजले अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा सरस्वतीले खेलमा फर्कने संकेत गर्दै ५५ औं मिनेटमा खेलमा फर्कने अवसर पाए पनि सदुपयोग गर्न सकेन। मनीष थापाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्केपछि गोलरक्षकले क्लियर गरे। ६९ औं मिनेटमा पनि सरस्वतीले मौका गुमायो।

८१ औं मिनेटमा एपीएफका आशिष लामाले वान भर्सेस वानमा गोल गर्न सकेनन्। खेलको तीन मिनेट समय बाँकी रहँदा रुपबहादुर लामाले श्याम नेपालीको पासको सदुपयोग गर्दै गोल गर्दा उपिएफ फराकिलो अग्रता बनाए। यो जितसँगै एपीएफको ७ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक पुगेको छ।

सरस्वती भने ७ खेलमा ६ अंकमा सीमित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.