|

जनकपुरधाम : बारा र रौतहटबाट लागुऔषधसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका २१ बाट इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले फोर लाइन सडकबाट चेकजाँचको क्रममा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बीरगंजबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ८३ प ७३५४ नम्बरको मोटरसाइकमा सवार चालक काठमाडाैं महानगरपालिका ३ नारायण गोपाल चोक बस्ने २५ वर्षीय निशान श्रेष्ठ र पछाडि सवार पर्सा बीरगंज घर भई हाल काठमाडाैं महानगरपालिका ३ बस्ने २५ वर्षीय अरुण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।उनीहरूलाई प्रहरीले चेकजाँच गर्दा ज्याकेटमा लुकाइराखेको नाइट्रोभेटसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। यसैगरी रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका ४ मेनचोकबाट अटो रिक्सामा जादै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ।

ना २ ह १४३८ नं. को अटो–रिक्सालाई चेकजाँच गर्दा उक्त रिक्साको पछाडिको सिटमा बसेको दुर्गा भगवति गाउँपालिका ४ घर भई हाल चन्द्रपुर नगरपालिका वडा नं.४ बस्ने १९ वर्षीय लखिन्द्र ठाकुर हजामलाई पक्राउ गरेको हो। पक्राउ परेका ठाकुरको साथबाट नाइट्रोभेट र स्पास्मो प्रोक्सिभम २४ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। त्यसैगरी रौतहटकै चन्द्रपुर नगरपालिका ५ बस्ने २० वर्षीय साहेव मियाँ कवारी र साहेव मियाँ कवारीलाई लागुऔषध सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरिएको छ।

पक्राउ परेका कबारीका साथबाट नाइट्रोभेट ट्याब्लेट प्रोक्सिभ लेखिएको ट्याबलेट र मिया कवारीको साथबाट नाइट्राभेट ट्याब्लेट फेला परेकोले प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.