|

काठमाडौं : यो जाडो मौसम हो, जसले गर्दा हाम्रो स्वास्थ्यमा विभिन्न खालका शारीरिक समस्याहरू देखिने गर्छन्। चिसो मौसममा सबैभन्दा धेरै चिसोले सताउने भनेको बालबालिकाहरूका लागि हो।

यो समयमा बालबालिकाहरूमा नाक बन्द हुने, श्वास फेर्न गाह्रो हुने, घाँटीमा समस्या हुने, कोल्ड डायरिया हुने तथा निमोनिया जस्ता समस्या देखिने गर्छ। यसले गर्दा धेरै बालबालिकाहरूको चिसोकै कारण मृत्युसमेत हुने गर्छ। त्यसैले चिसो मौसममा बालबालिकाको धेरै ख्याल गर्नुपर्ने हुन्छ। 

यसरी ख्याल गर्नुहोस् चिसोमा बालबालिकाको

  • चिसोमा बालबालिकालाई सकेसम्म बाक्लो कपडा लगाइदिनुपर्छ। लगाएको कपडा सकेसम्म दिनमा तीन पटकसम्म फेरिदिने गर्नुपर्छ। बालबालिकाको कान, टाउको सकेसम्म कपडाले छोपिदिनुपर्छ। अझ सानासाना बालबालिकाहरूमा खुट्टनबाट समेत चिसो छिर्ने हुँदा मोजा नियमित लागाइदिनुपर्छ।
  • चिसो मौसममा बालबालिकाहरूलाई बिहानको घाममा हरेक दिन एक-दुई घन्टा राख्ने गर्नुपर्छ, जसले गर्दा बालबालिका चिसोबाट बच्नुका साथै भिटामिन डीको समेत आपूर्ति हुन्छ।
  • धेरैले चिसोबाट बच्न घरमा हिटर बाल्ने र बालबालिकालाई पनि हिटर तपाउने गरिन्छ तर बालबालिकालाई हिटरबाट टाढै राख्नुपर्छ। हिटरबाट निस्कने कार्बनअक्साइड जस्ता ग्यासहरूले बालबालिकाको स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ।
  • जाडोमा बालबालिकालाई सकेसम्म नुहाइदिनुहुँदैन। नुहाउनै पर्ने अवस्था आएमा नुहाउनुभन्दा अगाडि तेलले शरीरमा मालिस गरेर नुहाइदिनुपर्छ।
  • बच्चाको उमेर एक वर्षभन्दा धेरै छ भने उनीहरूलाई गर्मी हुने फलफूल, जुस तथा सागसब्जीहरू मिलाएर खुवाउनु राम्रो हुन्छ।
  • चिसो मौसममा समय समयमा मिलाएर बालबालिकालाई स्टिम बाथ दिनु राम्रो हुन्छ।
  • चिसो मौसममा बच्चालाई सुताउँदा अनुहार कहिल्यै छोपिदिनुहुँदैन, जसले गर्दा उनीहरूलाई श्वास फेर्नसमेत गाह्रो हुन्छ।
  • चिसो मौसममा सकेसम्म बालबालिकालाई डाइपर लगाइदिनु राम्रो हुँदैन। धेरै समयसम्म डाइपर लगाइदिँदा उनीहरूलाई चिसो हुने गर्छ।

यस्तै, चिसो मौसममा बालबालिकालाई तातो झोलिलो खानेकुरा धेरै खुवाउनुपर्छ। जाडो मौसममा फलफूलले चिसो हुन्छ भन्ने भ्रम मात्र हो। तर चिसो समयमा भने फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ, जसले उनीहरूलाई चिसोबाट बचाउन सहयोग गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.