|

काठमाडौं : चैत १५ गतेबाट रिलिज हुने फिल्म 'साइँली'को पहिलो गीत सार्वजनिक भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'नाच माया' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा सुशान्त गौतमको संगीत रहेको छ। हर्क साउदको शब्द समावेश उक्त गीतमा हेमन्त रानाले स्वर दिएका छन्।

विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, मेनुका प्रधान, केनिपा सिंहको नृत्य देख्न सकिन्छ। भिडियोमा मेनुका र गौरवको एक जोडी बाँधिएको छ भने दयाहाङ र केनिपा अर्को जोडी बनेका छन्।

रामबाबु गुरुङ निर्देशित फिल्ममा गौरव, मेनुका, दयाहाङ र केनिपासँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको मुख्य भुमिका रहेको छ।

'जिएच इन्टरटेन्टमेन्ट'को व्यानरमा निर्माण भएको फिल्ममा हेमन्त राना र गौरव पहारीको लगानी रहेको छ। विशाल गुरुङ र मोहन थापा निर्माताका रुपमा रहेको यस फिल्ममा विजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माता र मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा रहेका छन्।

कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत रहेको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.