|

काठमाडौं : पोखरा राइनोजको ओपनिङ ब्याट्सम्यान रिचर्ड लेभीको विस्फोटक व्याटिङलाई छायामा पार्दै भैरहवाका रवि इन्दर सिंहको १२५ रनको अविजित इनिङको प्रेरणामा २१५ रन चेज गर्दै ४ विकेटको जीत निकालेको छ।

पहिलो ब्याटिङ गरेको पोखरा राइनोजले जारी इपीएलमा भैरहवा ग्लाडियटर्सलाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्दै पोखराले २० ओभर पूरा व्याटिङ गरेको थियो। भैरहवाले ५ विकेट गुमाएर २१५ रन बनाएको थियो।

इपिएलको तीन वर्षे इतिहासमा सबैभन्दा धेरै रन भैरहवाविरुद्ध पोखराले प्रहार गरेको थियो, जुन स्कोर चेज गर्दै एेतिहासिक रन चेजको कीर्तिमान बनाउन भैरहवा सफल भयो। लेभीले ३६ बलको सामना गर्दै ७ छक्का र ७ चौकाको मद्दतमा ७९ रन बनाएका थिए।

त्यस्तै, अर्का ओपनिङ व्याट्सम्यान कप्तान काइल कोइट्जरले ३५ बलको सामना गर्दै ४६ रन बनाए भने सुनिल धमलाले २३ बलमा ३८ रन जोडे। पाउल कौलिनले २० रन बनाए। पोखराविरुद्धको खेलमा भैरहवाका बलरहरू महँगा सावित भए। पुनीत मेहरा, कृष्ण कार्की, अभिनास बोहरा र रायन टेन दोसच्याटेले समान एक-एक विकेट लिए।

२१६ रनको विशाल लक्ष्य पछ्याएको भैरहवाले २ बल अगावै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। खराब ओपनिङका बाबजुत रवि इन्दर सिंहको एक्लो प्रयास भैरहवालाई जित्न पर्याप्त बन्यो। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका उनले ६० बलमा ८ चौका र १० छक्का प्रहार गर्दै १२५ रनको अविजित इनिङ खेले। थप स्कोरका रूपमा आरिफ सेखले २३ तथा पुनीत मेहराले अविजित १८ रनको योगदान दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.