|

कञ्चनपुर : महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले खानेपानी मन्त्री विना मगरले कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेका महिला सममूहलाई कुखुराका चल्ला वितरण गरेकी छन्। 

प्रज्ञा स्मृति प्रतिष्ठानले बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १२० वटा महिला समूहलाई १२ हजार कुखुराका चल्ला वितरण गरेकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरूलाई आत्मनिर्भर बनाइ आयआर्जनमा जोड दिन सबै लाग्नुपर्ने बताइन्। महिलालाई आयआर्जनको वातावरण बनाउन चल्ला वितरण गरेर सुरुवात गरेको उनले बताइन्। महिलाहरूले स्वरोजगार भएर  परनिर्भरता हटाउनुपर्ने उनकोे भनाइ रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.