|

काठमाडौं : ललितपुरको गोदामचौरमा २०७४ मंसिरमा भएको सामूहिक बलात्कार घटनाका अभियुक्त पक्राउ परेका छन्। जिल्ला अदालत ललितपुरको आदेशमा छुटेको १० महिनापछि उनीहरू फेरी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदामचौरकै विशालध्वज कार्की, पवन कुँवर र रघु सिलवाल रहेका छन्।

पक्राउ परेका अभियुक्तहरूमाथि २१ वर्षीया युवतीलाई बलात्कार पछि ज्यान मार्ने उद्योगको मुद्दा थियो। जिल्ला अदालतको फैसलालाई उल्ट्याउदै पाटन उच्च अदालतबाट २०७४ फागुन २५ गतेको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने भन्ने आदेश गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाखाशाको टोलीले बुधबार कार्की र कुवँरलाई पक्राउ गरेको हो भने महानगरीय प्रहरी वृत्त सादोबाटोले सिलवाललाई गोदावरीबाट पक्राउ गरेको  महाशाखाका प्रहरी उपरीक्षक सोविन्द्रसिंह राठौरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.