|

सोलुखुम्बु : खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ।  खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार बिहान अचानक बिरामी भई मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलखुम्बुले जनाएको छ।

रामवेलर्स नेपाल ट्रेकिङ एड्भेन्चर प्रालि नेपालगंजमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासङ ल्हमु गाउपालीका ४ थुक्लाको याक होटलमा बास बसेका थिए।

 आइतबार बिहान एक्कासी बिरामी भएका मिश्रलाई उपचारका लागि लैजाने क्रममा लुक्लामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिए। उनको शव कानुनी प्रकृया पूरा गरी हेलिकप्टरमार्फत आइतबार नै काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.