समाज

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार आँकडा : पाँच वर्षमा चार हजार बढी उजुरी
SHARES

मंसिर २४, २०७५

    धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेशमा पाँचवर्षको अवधिमा चार हजार २९८ भ्रष्टाचारका उजुरी दर्ता भएका छन्। ती उजुरीमध्ये तीनहजार ६५२ फर्छ्याैट भएका छन् भने ६४६ फैसला हुन बाँकी रहेका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा ७४९ मुद्दा दर्ता भएको मा २३२ फर्छ्याैट भएका थिए। 
    ०७१/७२ मा १ हजार १२६ उजुरी दर्ता भए। अघिल्लो वर्षको बाँकी रहेको जोडेर त्यस वर्ष १ हजार ६४३ उजुरी पुग्दा १ हजार १३२ मात्रै फर्छ्याैट भए। ५०९ मुद्दा फैसला हुन बाँकी रहेको थियो। आर्थिक वर्ष ०७२/७३मा ९५८ मुद्दा दर्ता भएकोमा कुल जिम्मेवारी १ हजार ४६७ पुग्दा १ हजार ४३ मुद्दा फर्छ्याैट भए। ४२४ मुद्दा फैसला हुन बाँकी रहेको थियो।

    आर्थिक वर्ष ०७३/७४ मा ६४४ मुद्दा दर्ता भएकोमा कुल जिम्मेवारी १ हजार ६८ पुग्दा ६९५ फर्छ्याैट भए र ३७३ फैसला हुन बाँकी देखिएको छ। गत आर्थिक वर्षमा मा ५८८ नयाँ मुद्दा दर्ता हुँदा कुल जिम्मेवारी ९६१ मध्ये ४१९ फर्छ्याैट र ५४२ मुद्दा फैसला हुन बाँकी रहेको देखिएका छन्। चालु आर्थिक वर्षको पहिनो चौमासिकमा २३३ भ्रष्टाचारका उजुरी दर्ता भएका छन्। जसमध्धे कुल जिम्मेवारी ७७५ पुग्दा हालसम्म १९ फछर्याैट भएका छन् भने ६४६ मुद्दा फैसला हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुर प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए।

    सबैभन्दा बढी उजुरी कैलालीको, बाजुराको कम

    सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये कैलालीमा भ्रष्टाचार मौलाउदै गएको देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्षसम्म कैलालीबाट मात्रै १ हजार २२१ उजुरी दर्ता भएका छन्। ती उजुरी मध्ये  १ हजार ३३ उजुरी फर्छ्यौट भइसकेका छन् भने १८८ मुद्दा फैसला हुन बाँकी रहेको छ।

    यस्तै कञ्चनपुरबाट सोही अवधी देखी हालसम्म १ हजार ४४ उजुरी दर्ता भएकोमा ९३३ फर्छ्याैट भएका छन् भने १सय ११ मुद्दाफैसला हुन बाँकी  रहको छ। बैतडीबाट हालसम्म ४९५ उजुरी दर्ता भएको देखिएको छ। ती मध्ये  ३९५ फर्छ्याैट भएका छन् भने १०० उजुरीका  फैसला हुन बाँकी रहेको छ। डडेल्धुराबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरमा ३५० उजुरी दर्ता भएका छन्। ती मध्ये २९१ फछर्याैट भएका छन् भने ५९ उजुरी फैसला हुन बाँकी रहेको छ।

    डोटीबाट हालसम्म ३४१ उजुरी दर्ता भएकोमा ३११ फछयौर्ट भइसकेको छ भने ३० उजुृरीमाथि फैसला हुन बाँकी रहेको जनाइएको छ। दार्चुलाबाट ५ वर्षमा २६१ उजुरी दर्ता भएकोमा २१४ फर्छ्याैट भएका छन् भने ४७ उजुरी माथि फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ। बझाङबाट २४३ उजुरी दर्ता भएकोमा १८० फर्छ्याैट भएको र ६३ मुद्दामाथि फैसला हुन बाँकी रहेको जनाइएको छ। यस्तै अछामबाट २११ उजुरी परेकोमा १७४ फछ्र्यौट भइसकेको र ३७ उजुरीमाथि फैसला हुन बाँकी रहेको जनाइएको छ।

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराबाट सबै भन्दा कम उजुरी परेका छन्। ५ वर्षमा ११६ उजुरी परेकोमा १०६ फछर्याैट भएको र ६ वटा उजुरीमाथि फैसला हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी उजुरी विकास निर्माणसँग सम्बन्धित विषयमा परेको छ।

    शिक्षा, प्रशासन, राजश्व र यातायातमा पनि व्याप्त भ्रष्टाचार भएको भन्दै उजरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताए। ‘पछिल्लो समय त स्थानीय तहसँग सम्बन्धित उजुरीहरु पनि बढेका छन्’ आयोगका प्रमुख ढकालले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]