|

भक्तपुर :  बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीनसम्म पनि उनको परिवारले बुझ्न मानेको छैन। शुक्रबार आफ्नै विद्यालयको बसको ठक्करबाट मृत्यु भएककी चाँगुनारायण नगरपालिका–८ सुडालका ७ वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन्।

अभिभावकले आइतबार महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए।  कक्षा- १ मा अध्ययनरत खत्रीलाई बा१क ७२८५ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो। विद्यालका प्रिन्सिपल राजेन्द्र कोजु अहिलेसम्म बालिकाको परिवारको सम्पर्कमा आएका छैनन्। मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन्।

यसअघि बसमा सहचालक राख्न, बसमा क्षमताभन्दा बढी विद्यार्थी नराख्न र विद्यार्थीलाई बाटो कटाउन सहयोग गर्न सो विद्यालयका अभिभावकले प्रिसिन्पलसँग माग गरेका थिए । शुक्रबार बसबाट झरेपछि सडक पार गर्ने क्रममा खत्रीको मृत्यु भएको थियो। प्रिन्सिपललाई पक्राउ नगरेसम्म बालिकाको शव नउठाउने उनको परिवारले जनाएको छ। बालिकाको शव भक्तपुर अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.