|

काठमाडौं : प्रदेश सरकारको व्यापक गुनासोपछि अब प्रदेश मन्त्रालयको सचिव खटाउँदा ज्येष्ठता र कार्यक्षमताका आधारमा खटाइने भएको छ।

यसअघि उपसचिवबाट सहसचिवमा बढुवा हुनेबित्तिकै सहसचिव पठाइएकाले प्रदेशको कार्यमा असर परेको भन्दै मुख्य मन्त्रीहरुले केन्द्र सरकारसँग गुनासो गर्दै आएका थिए। राजपंत्राकित प्रथम स्तरको (सहसचिव) प्रदेश मन्त्रालयको सचिव हुने प्रावधान छ।

नेपाल समाचारपत्र दैनिकका अनुसार कर्मचारी समायोजन अध्यादेश–२०७५ मा प्रदेशको प्रमुख सचिव तथा प्रदेश मन्त्रालयका सचिवसम्बन्धी व्यवस्थामा ज्येष्ठता र कार्यक्षमताको आधारमा खटाइने उल्लेख गरिएको छ । सम्बन्धित सेवा, समूह वा उपसमूहका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीमध्येबाट सम्भव भएसम्म ज्येष्ठता र कार्यक्षमताका आधारमा खटाउनुपर्ने पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जोड छ।

कर्मचारी समायोजन ऐन २०७४ मा स्पष्ट रूपमा उल्लेख नगरिएकै कारण प्रदेश मन्त्रालयको सचिवमा कनिष्ठ सहसचिव नयाँ बढुवा भएकालाई पठाइँदै आएको थियो।

अनुभवहीन, अवकाश पाउन नजिकिँदै गरेका कर्मचारी प्रदेशमा पठाउने, कर्मचारी समायोजनमा संघले वास्ता नगरेको आरोप लगाइरहेका बेला यस प्रावधानले केही हदसम्म त्यसलाई सम्बोधन गर्ने मन्त्रालयले दाबी गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.