|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी संकायमा विद्याथी घटिरहेका वेला शिक्षा संकायको हविगत पनि उही छ। काठमाडौं उपत्यकासहित देशभर सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थीको संख्या ह्वात्तै घटेको हो।

राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार हाल त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकायअन्तर्गत राजनीतिशास्त्र, भूगोल, इतिहास, अर्थशास्त्र, शैक्षिक योजना तथा व्यवस्थापन, शारीरिक शिक्षा विभागमा विद्यार्थीको संख्या न्युन छ। शिक्षा संकायअन्तर्गत भूगोल र इतिहास विभागमा त यो वर्ष विद्यार्थी भर्ना नै भएनन्।

यसअघि भूगोल विभागमा दुई र इतिहास विभागमा दुई विद्यार्थी भर्ना भएका थिए। पाठ्यक्रम विकास विभागमा चार विद्यार्थी भर्ना भए। अर्थाशासत्र विभागमा हाल १२ विद्यार्थीले अध्ययन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.