|

काठमाडौं : नेपाल वायुसेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौं उडान चार घण्टा ढिलो हुँदा यात्रुको बिचल्ली भएको छ।

दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९:४० मा काठमाडौँमा अवतरण गर्नुपर्ने थियो तर निगमको लापरवाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

हवाइ उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा चार घण्टापछि उडान भएको हो।

उक्त विमानबाट यात्रारत एक यात्रुका अनुसार निगमको केन्द्रीय कार्यलय काठमाडौंबाट सो चार्ट स्क्यान गरेर पठाइएपछि कर्मचारीको आग्रहमा दुवई विमानस्थलले उडान अनुमति दिएको थियो।

निगमको उडान नम्बर २३० न्यारो बडी ए३३२०–२०० दुवैबाट काठमाडौं आउने विमान निर्धारित समयभन्दा चार घण्टा पछि उडाइएको छ। निगमले यात्रुलाई दुई घण्टा विमानमै राखी पछि प्राविधिक समस्या आएपछि ओरालेको थियो। उतारिएको ठाउँमा खाना, वासको व्यवस्था गरिएको थिएन। विमानमा १४० यात्रु सवार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.