|

शहीद स्मारक ए डिभिजन लीग फुटबलमा साेमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिष्पर्धा गर्दा दोस्रो खेलमा मनाङ मछिन्द्रको सामना गर्ने छ। आर्मीले जारी सिजन लिगको सातौं चरणसम्म पुग्दा ४ जित र २ बराबरीको नतिजा हासिल गरेको छ। एनआरटी र फ्रेन्डसँग बराबरीमा रोकिएको आर्मी बाँकी सबै खेलमा जित निकालेको छ।

कमजोर प्रतिद्वन्द्वि मानिएका ब्रिगेड ब्वाइजविरुद्ध फवार्ड भरत खवास टिममा फर्कदै छन्।  ब्रिगेड ब्वाइजले ६ खेलको समापन हुँदा १ जित र १ बराबर खेल्दै ४ अंक जोड्दै ११ औं स्थानमा रहेको छ। दोस्रो खेलमा मनाङले जितविहिन र गोलविहिन रहेको मछिन्द्रको सामना गर्नेछ। जारी लिगमा मछिन्द्र गोल गर्न नसक्ने एकमात्र टिम हो। ६ खेलमा ३ बराबर र ३ हारसहित टोलीले ३ अंक बनाएको छ।

मनाङले पछिल्लो खेलमा जावलाखेललाई हराउन निकै कसरत गर्नुपर्‍याे। अन्जन विष्टको पेनाल्टी गोलमा मनाङ विजयी रहेको थियो। मछिन्द्रले पुलिस र च्यासलबाट अंक खोस्दै लिगमा राम्रो सुरुवात गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.