राजनीति

अन्तरप्रदेश बैठक आज पनि, तीन मुख्यमन्त्रीले धारणा राख्ने
SHARES

मंसिर २४, २०७५

    काठमाडौं : अन्तरप्रदेश परिषदको बैठक सोमबार पनि बस्दैछ। प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि आइतबार सुरु बैठक सोमबार बिहान १० बजेका लागि बोलाइएको छ। 

    प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा तीन मुख्यमन्त्रीले बोल्ने छन्। सोमबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आइतबारको बैठकमा चार प्रदेशका मुख्यमन्त्रीहरूले धारणा राखेका थिए।

    आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले धारणा राखेका थिए। पहिलो दिनको बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा जोड दिन केन्द्र सरकारको विशेष ध्यानाकर्षण गरेका थिए।

    प्रदेश र केन्द्रबिच दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेशको बैठक बोलाएका थिए। संविधानमको धारा २३४ मा संघ र प्रदेशबिच भएका राजनीतिक विवाद मिलाउन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठक बोलाउन सक्ने व्यवस्था रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]