|

काठमाडौं : एभेरेष्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्स र काठमाडौं किंग्सबिच प्रतिस्पर्धा भइरहेको छ। टियु क्रिकेट मैदानमा काठमाडौंले टस जितेर चितवनलाइ ब्याटिङको निम्तो दिएको छ।

प्रतियोगितामा काठमाडौंको यो पहिलो खेल हो,  चितवनको भने दोस्रो खेल हो। चितवनले पहिलो खेलमा ललितपुरसँग ११ रनको हार ब्यहोरेको थियो। सोमबार नै हुने अर्को खेलमा पोखरा राइनोज र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो। तर आजको खेलमा ललितपुरका लागि सन्दीप लामिछानेको अनुपस्थिति खड्किने देखिएको छ। दुई खेल खेलेपछि सन्दीप बिग ब्यास लिगका लागि अष्ट्रेलिया उडेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.