|

गौशाला : महोत्तरीको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा दुई वर्षीय साहिल साफीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। 

आइतबार घर अगाडि खेलिरहेको बालक साफीलाई ज १ त ७११२ नम्बरको ट्र्याक्टरले किच्दा बालक गम्भीर घाइते भएका थिए भने बालक साफीलाई उपचारको लागि भारतमा लगिएको र आज बिहान उनको उपचारकै क्रममा भारतमै मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए। 

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.