मनोरञ्जन

'क्याप्टेन' पोस्टर: फुटबलसहित मैदानमा अनमोल
SHARES

मंसिर २४, २०७५

    काठमाडौं : अनमोल केसी स्टारर फिल्म 'क्याप्टेन'को दुई पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा देखाइएको छ। एक पोस्टरमा उनी फुटबल सहित मैदानमा उत्रिएका छन् भने अर्को पोस्टरमा जर्सी लगाएका अनमोलसँग सुनिल थापा र प्रशान्त ताम्राकारलाई पनि देखाइएको छ। पोस्टरमा नायिकालाई भने स्थान दिइएको छैन।

    भुवन केसीको निर्माण रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। खेलाडीको कथामा निर्माण भएको फिल्ममा अनमोलसँगै सरोज खनाल, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार, सलोन बस्नेत लगायतको मुख्य भूमिका रहेको छ। उपसन सिंह ठकुरी र प्रियंका एमवी चेरीले यसै फिल्मबाट डेब्यु गर्दैछन्।

    सामिप्यराज तिमल्सिनाको कथा रहेको फिल्मलाई निर्देशक भट्टराईले नै लेखेका हुन्। सुदिप बराल डिओपी रहेको फिल्ममा नवराज शर्माको छायांकन तथा दीर्घ गुरुङको सम्पादन रहेको छ। फिल्मले फागुन १७ लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]