|

काठमाडौंः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याका विषयमा आफूले कुनै कमजोरी नगरको बताएका छन्। संसदको सुशासन समितिमा सांसदहरूलाई जवाफ दिँदै खनालले कंचनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानमा आफूले कुनै पनि कमी कमजोरी नगरेको उनले बताए। उनले अनुसन्धान प्रभावित हुने गरी आफूले भूमिका निर्वाह नगरेको समेत बताएका छन्। 

पछिल्लो समय प्रहरीको अनुसन्धान ब्युरो सिआइबीले तीनजना व्यक्तिलाई पक्राउ गरेको र उनीहरूको बयान लिने क्रममा आइजिपीसमेत गएको खबरहरू सार्वजनिक भएका थिए। सांसदहरूले पछिल्लोपटक कुखुरा चोरलाई दोषी देखाउने कोसिसमा प्रहरी लागेको त होइन भनेर प्रश्न गरेका थिए।

यसमा महानिरीक्षक खनालले प्रहरीको तर्फबाट त्यस्तो नहुने बताए। ‘निर्मलाको केसमा मेरो कुनै शंकास्पद भूमिका भएमा बर्दी खोल्न तयार छु,’ खनालले भने, ‘नयाँ व्यक्तिहरू पक्राउ परेको विषय अनुसन्धानमै रहेकोले यहाँ धेरै कुरा नबोलौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.