|

काठमाडौं : राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटको आफ्नो दोस्रो खेलमा चितवन राइनोज काठमाडौं किंग्ससँग पराजित भएको छ। काठमाडौंले भने विजयी सुरुवात गर्न सफल भयो।

आनन्द सुुब्रमुनियमको उत्कृष्ट ब्याटिङमा काठमाडौंले चितवनलाई ७ बल बाँकी छँदा ६ विकेटले पराजित गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आनन्द सुुब्रमुनियम र अमर रौटेलाले काठमाडौंका जितका लागि ४९ रनको साझेदारी गरे। उनीहरूको राम्रो साझेदारीमा १८.५ ओभरमा काठमाडौंले ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। काठमाडौंको जितमा महत्वपूर्ण भूमिका निभाएका आनन्दले १८ बलको सामना गर्दै ४ छक्का र १ चौकाको मद्दतमा ४३ रन बनाए। त्यस्तै, आनन्द सुुब्रमुनियमलाई साथ दिएका रौटेलाले २१ रन बनाए।

त्यस्तै, काठमाडौंका ओपनिङ ब्याट्सम्यान सागर पुनले ३९ रन बनाए भने नरेश बुढा ऐरले २२ र अमित श्रेष्ठले १८ रन बनाए। काठमाडौंको ४ विकेट लिने क्रममा चितवनका साहव आलमले २ तथा पाउल स्टर्लिङ र ललित भण्डारीले समान एक-एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि पाउल स्टर्लिङले ३४ रन बनाएका थिए भने दीपेन्द्रसिंह ऐरीले ४५ रन र कप्तान पृथु बास्कोटाले २० रन जोडेका थिए।

चितवनका लागि सन्दीप सुनारले २५ र जर्ज स्कटले १५ रन बनाएका थिए। प्रदीप शाहुुले उत्कृष्ट बलिङ गर्दै ४ ओरभमा २४ रन मात्रै खर्चेर ३ विकेट लिएका थिए। चितवन पहिलो खेलमा आइतबार ललितपुर प्याट्रियट्ससँग ११ रनले पराजित भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.