|

काठमाडौंः अन्तरप्रदेश समन्वय परिषद्को बैठकमा मुख्यमन्त्रीहरुले बोल्ने क्रम सकिएको छ। बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशहरुका समस्या समाधानका लागि ठोस, तार्किक र सामथ्र्यसहितको सम्बोधनतर्फ जानुपर्ने बताएका छन्।

त्यसका निम्ति एक हप्ताको समय दिएर ५ सदस्यीय कार्यदल गठन गर्दै बैठक सकिएको छ। छलफलका निष्कर्षलाई समेटेर कार्यदलले त्यसलाई कार्यान्वयनमा लैजानका लागि एक प्रतिवेदन बनाउने छ।

गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल बनाइएको हो। अर्थमन्त्री युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर प‍ोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सदस्य र मुख्य सचिव लोकदर्शन रेग्मी सदस्यसचिव रहेको कार्यदल गठन भएको हो।

कार्यदलले एक हप्ताको गृहकार्य गरेर पुसको ३ गते दिउँसो १ बजे सबै संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा प्रतिबेदन बुझाउने तय गरिएको संचारमन्त्री गाेकुल बास्कोटाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.