राजनीति

मानव अधिकार रक्षाका लागि सबैको साझा प्रयास चाहिन्छः परराष्ट्रमन्त्री
SHARES

मंसिर २४, २०७५

    काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयासको जरुरी रहेको बताएका छन्।

    परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहेपनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने पनि स्पष्ट पारे। अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर पूर्व राजदुत शम्भुराम सिंखडाको पुस्तक ‘ह्यूमन राईट्सः ह्यूमन रङ्स’ नामक पुस्तकको सोमबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालले मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मासात गरिरहेको दावी पनि गरे।

    परराष्ट्रमन्त्री ज्ञवालीले मानव अधिकारसँग सम्बन्धित संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सफल कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहकार्य गर्न पनि आह्वान गरे।

    परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमा विद्यमान गरिवी र आतंकवाद मानव अधिकारको प्रत्याभूति गराउन मुख्य चुनौतिको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढ्न अन्तर्राष्ट्रिय समुदायबीचको बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिए। त्यस अवसरमा उनले दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग स्रोतको अभाव रहेको पनि स्मरण गराए।

    पुस्तकमा मानव अधिकारको प्रत्याभूति गराउन गरिएको अन्तर्राष्ट्रिय प्रयास र त्यसका व्यवधानका विषयमा चर्चा गरिएको छ। परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको मानव अधिकारको संरक्षणका लागि सो पुस्तक उपयोगी हुने विश्वास पनि व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]