|

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कांग्रेसको समग्र आर्थिक नीति पारित गरेर स्थगित भएको छ। केही दिन अघि पार्टीका सह महामन्त्री प्रकाशशरण महतले पेश गरेको आर्थिक प्रतिवेदन पास भएको हो। नेपाली कांग्रेसको बैठक विधान मस्यौदा पारित गर्नेगरी बसेको भएपनि अहिलेसम्म त्यो विषयमा राम्ररी छलफल हुन सकेको छैन।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक नीति पास गरेर सभापतिले बैठक स्थगित गरेको तर अर्को बैठकको बारेमा जानकारी नगराएको बताए। केही नेताहरूले एक घण्टापछि बैठक बस्न सक्ने बताएका छन्। त्यसो नभएमा सभापतिले फेरि बैठक बोलाउने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.