|

उदयपुर : दोस्रो प्रदेशस्तरीय घरेलु औद्योगिक महोत्सव २०७५ मा स्थानीय उत्पादनहरू प्रमुख आकर्षण बनेका छन्। ‘मिहिनेत सृजना उत्पादन र वस्तु मेरै नेपालको, उद्योग गरौँ उद्यमी बनौँ उठाऔँ नेपाल’ भन्ने नाराका साथ गएको बिहीबारबाट सुरु महोत्सवमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरु मुख्य आकर्षण बनेका हुन्।

महोत्सवमा प्रदेश नम्बर एकका विभिन्न जिल्लाबाट घरेलु तथा साना उद्यमी सहभागिता छ। महोत्सवमा ढाका, कोसेली, मुडा, टर्की, खुकुरी, दालमोट, चटपटे, घुगी, कृषि औजार, जमराको जुस, अगरबत्ती, बाँसको हस्तकला सामग्रीलगायत एक सयभन्दा बढी स्टल रहेका छन्। यस्तै महोत्सवको आकर्षण अष्ट्रिज चरा र स्थानीय परिकारमा थारू परिकार घुंगीको मज्जा लिनेको संख्या बढ्दै गएको छ।

उदयपुर घरेलु औद्योगिक महोत्सव २०७५ मंसिर २० गते देखि २९ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष मधुकर थापाले दैनिक रूपमा कारोबारसमेत बढ्दै गएको बताए। ‘स्थानीय उत्पादन दर्शकको मुख्य रोजाइमा परेका छन्,’ उनले भने, ‘त्यसैको लागि दैनिक रूपमा अवलोकनकर्ताको भिडसमेत बढ्दै गएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.