|

पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का लिएर पनि समयमा काम नगर्नेलाई कारवाही हुन नसक्दा विकृति मौलाउँदै गएको बताएका छन्। यस्तो विकृति मौलाउन नदिन तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही हुनुपर्ने उनको भनाई छ।

पर्वत जिल्ला अस्पतालको निर्माणाधीन ५० शैय्याको अत्याधुनिक भवनको सोमबार कुस्मामा शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम गर्ने निर्माण व्यवसायीलाई कारवाही गरेमा बढेको विकृति न्यूनीकरण हुन्छ।’

ठेक्का पट्टामा बजेट ब्यवस्थापन भएर पनि काम हुन नसकेको बताउँदै उनले समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाई जेसन बुझेर धेरै काममा हात हाल्ने र समयमा पुरा नगर्नेहरू निरुत्साहित बन्ने तर्क गरे। जनप्रतिनिधिले छनोट गरेका योजना र बजेट व्यवस्थापनबारे समुदाय र उपभोक्ताले समयमा नै गुणस्तरीय निर्माण कार्य भए नभएको अनुगमन गरेमा कामको प्रभाकारिता बढ्ने उनको भनाई छ।

शिलान्यासश गरिएको अस्पताल भवनको बारेमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पर्वतमा एकै स्थानमा निर्माण गरिएको सबैभन्दा ठूलो सरकारी संरचना भएका कारण यसलाई तोकिएको समय भन्दा एक महिना भए पनि अघि सक्न निर्माण ब्यवसायीलाई उनको आग्रह गरे। पर्वत जिल्ला अस्पतालको नयाँ भवन निर्माणका लागि अध्यक्ष तिमिल्सिनाले नै पहल गरेका थिए।

बजेट बिनियोजन गर्न र भवन निर्माणको शिलन्यास गर्न समेत आफै उपस्थित भएका उनले पर्वत आउँदा निर्माण कार्यको सन्तोषजनक प्रगति आफूलाई चाहिने भन्दै भवन निर्माण गर्ने निकाय र सम्बन्धित निर्माण ब्यवसायीलाई सचेत पनि गराएका छन्। पर्वत जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो।

५० शैय्या र अत्याधुनिक सुविधा सहितको भवन ३० महिनामा पूरा गर्ने लक्ष्य छ। अध्यक्ष तिमिल्सिनाले पर्वतको सदरमुकाम कुस्मा बजारलाई बालेवा जोड्न कालीगण्डकीको कल्लेरीमा आफ्नै कार्यकालभित्र पक्की पुल बनाउने प्रतिबद्धता पनि जनाएका छन्। त्यस्तै पर्वतको कुस्मामा एक हजार क्षमताको सुविधा सम्पन्न सिटी हल, सटर सहितको तीनतले बसपार्क निर्माण कार्य पनि तत्काल अघि बढाउने तयारी भइरहेको बताउँदै उनले त्यसको लागि डिपीआर बनाउने काम शुरु गर्न भवन निर्माण डिभिजनलाई निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.