|
फाइल फाेटाे

कालिकोट​: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अहिलेको सरकारको दिनगन्ती सुरु भएको दाबी गरेका छन्। साेमबार गृह जिल्ला कालिकोटकाे माल्कोटमा भएकाे जनसभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार पाँचवर्ष चल्ने स्थायी सरकार भनिए पनि १ वर्ष नपुग्दै दिन गन्ती सुरु भएको  बताएका हुन्।

नेता प्रकाण्डले अहिलेको सरकार पाँचवर्ष चल्ने स्थायी सरकार भनिएको छ तर एक वर्ष नहुँदै सरकारको दिन गन्ती सुरु भइसकेको बताए। उनले भने, 'अब यसको विकल्प वैज्ञानिक समाजवाद मात्रै हुने छ।’ अहिलेको सरकार विगतमा कांग्रेसको सरकार भन्दा पनि भ्रष्ट बनेको र जनताले कुनै अपेक्षा नराखेको उनको टिप्पणी थियो। प्रकाण्डले आफ्नो बलिदानी भए पनि जनताको मुक्तिका लागि आफ्नो  पार्टी सधैं लडिरहने प्रतिबद्धता जनाए।

एक अर्को प्रसंगमा प्रकाण्डले दशवर्षे जनयुद्धमा सिंगाे कर्णाली र कालिकोटका जनताले गरेको योगदानको स्मरण गर्दै उनले जनयुद्धको नेतृत्व गर्नेहरूको धोका र गलत सम्झौताले जनयुद्धका सपना पूरा नभएको बताए। उनले कम्युनिस्ट सरकारले आफूहरूले उठाएका न्यायपूर्ण माग उपर हस्तक्षेप गरेको भन्दै जनतालाई सरकारको प्रतिरोधमा उत्रन आग्रह गरे।

प्रवक्ता प्रकाण्डले शहीदका सपना बेचेर खानेहरूविरुद्ध एकपटक फेरि सर्घष गर्नुपर्ने बेला आएको बताए। उनले भने,‘ अन्तिम क्रान्तिको लागि अब तपाईंहरूको साथ चाहिएको छ। तयारी अवस्थामा बस्नुहोला।’ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवं कर्णाली ब्युरो इन्चार्ज एटमले गाउँ गाउँमा सिंहदरबार होइन। उनले भ्रष्ट र काम चोरहरू आएको बताए।

स्थानीय निर्वाचनमा नेपाली जनतालाई देखाएका झुँटा सपना १ वर्ष नहुँदै नांगिएको भन्दै एटमले अहिलेको सरकार र स्थानीय निकाय कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.