कार्यसमितिको कार्यकाल दुई वर्ष, जिल्ला उपाध्यक्ष दुई

|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआईमा)को वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधान पुन: संशोधन हुने भएको छ। विधान संशोधनसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नका लागि प्रत्यक्ष चुनाव जित्नुपर्ने भएको छ। यसअघि ४ मंसिर २०७३ विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था गरिएकोमा दुई वर्ष पुग्दै पुन: संशोधनको प्रयास गरिएको हो।

सोमबार बसेको एफएनसिसिआई विधान मस्यौदा समितिको बैठकले अध्यक्षको लागि प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रवधानसहितको मस्यौदा तयार गरेको हो। 'यसअघि वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था रहेको थियो तर सदस्यहरूको माग बोमोजिमा हामीले संशोधनको लागि समिति बैठकमा प्रस्ताव राखेकोमा करिब सर्वहसमतबाट पास भएको हो', बैठकमा उपस्थित एक सदस्यले भने। स्रोतकाअनुसार नौ जनाको समितिमा एक जनाले मात्रै संशोधन गर्न नहुने माग गरेका थिए। समितिमा एसोसिएट उपाध्यक्षसहित एक सदस्य र सातै प्रदेशका अध्यक्षहरू रहेका छन्।

संशोधनको मस्यौदाआगामी चैतमा हुने साधरणसभामा पेस गर्नुपर्नेछ। अन्यथा विशेष साधरणसभा बोलाएर संशोधन गर्नुपर्ने हुन्छ। यसअघि विशेष साधरणसभा बोलाएर विधान संशोधन गरिएको थियो। साधरणसभाबाट संशोधित मस्यौदा पास भएमा नेपाल उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचित नबनी अध्यक्ष बन्ने एक्ली पात्र भवानी राणा बन्नेछिन्।

त्यस्तै, महासंघले जिल्ला उपाध्यक्ष दुई जना बन्ने र कार्यसमितिको कार्यकाल एक वर्ष घटाउने निर्णय गरेको छ। अहिले कार्यकाल तीन वर्षको रहेकोमा मस्यौदा पास भएमा दुई वर्ष रहनेछ।

त्यस्तै, अध्यक्ष र वरिष्ठ उपाध्यक्षको मतभार गणना गर्ने क्रमा वस्तुगत सदस्यको २० प्रतिशत मतभार रहेकोमा बढाउने, एसोसियट सदस्यको मतभार ३० प्रतिशत रहेकोमा घटाउने गरी मस्यौदा तयार पार्ने सहमति मस्यौदा समितिले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.