|

काठमाडौँ  : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको संख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ। 

डब्लुएचओले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनअनुसार सन् २०१६ को तथ्यांकलाई विश्लेषण गर्दा सडक दुर्घटनमा मृत्यु हुनेको संख्या विश्वभर १३ लाख ५० हजार पुगेको छ। सन् २०१३ को तथ्यांक भन्दा यो संख्या एक लाखले बढी हो। डब्लुएचओका महानिर्देशक डा ट्रेडोस अधानोम गेब्रेएससले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सडक दुर्घटना कम हुने उपाय अवलम्बन गर्न सबै साझेदार र सरकारलाई आह्वान गरे। यस वर्षको प्रतिवेदनमा सन् २०१६ भरिमा भएका सडक दुर्घटनाका मृतकको संख्याका आधारमा अनुमान तयार पारिएको छ।

नेपालमा सडक दुर्घटनामा मर्नेको संख्या चार हजार ६२२ रहेको अनुमान गरिएको छ। नेपालका लागि सडक दुर्घटनाबाट हुने मृत्युको दर १५.९ प्रति एकलाख जनसंख्या अनुमान गरिएको छ। बंगलादेश, अफगानिस्तान, श्रीलंक, पाकिस्तानमा यो दर नेपालभन्दा कम ९१४ र १५ को बीचमा रहेको छ।

प्रतिवेदन अनुसार पश्चिम अफ्रिकी देश लाइबेरियामा सडक दुर्घटनाबाट हुने मृत्युको दर सबैभन्दा उच्च ९३५.९ प्रतिएक लाख जनसंख्या रहेको छ भने दक्षिण एशियाली मुलुक माल्दिभ्समा यो दर सबैभन्दा कम ९०.९ प्रति एकलाख जनसंख्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.