|
प्रतीकात्मक तस्विर

काठमाडौं : करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात फर्किएका छन्। दलालले उनीहरूलाई भारतको नयाँदिलली हुँदै क्युबा पार गराएर अमेरिका पुर्‍याउने भनिएको थियो तर, बाटोमै जेलसजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन्।

रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर २०७४ असोजमा अमेरिका जान हिँडेका थिए। अमेरिका पुग्ने आशमा उनले ४८ लाख ५० हजार सिध्याए। भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युबाको हवाना, पनामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्याण्ड पुगे तर, अमेरिका पुगेनन्।

टिटस आइल्याण्डमा सात महिना जेल सजाय भोगे। उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादु। घर्तीले सोही जेलमा सात महिना बिताए। अमेरिका पुग्ने आशमा उनको पनि ४७ लाख २३ वर्षीय भीमप्रसास बाठामगर र बमप्रसाद डाँगी र मोहम्मद जावेदको हालत पनि त्यही भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.