|

काठमाडौं : राष्ट्रिय योजना आयोगले २५ वर्षभित्र उच्च आए भएको विकसित मुलुकको सूचीमा नेपाललाई पु¥याउने लक्ष्यराखी दीर्घकालीन सोच ल्याउने भएको छ।

उक्त लक्ष्यसहितको नेपालको दीर्घकालिन सोच विक्रम सम्बत २१००  मस्यौदा तयार गरिसकेको छ। मस्यौदामाथि आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री, मन्त्रीहरु, योजना आयोगका अधिकारी र सरकारका सचिवहरुबीच छलफल भइरको छ।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको उक्त छलफलमा प्रस्तुत मस्यौदा अनुसार विस २१०० मा नेपालीको कुल राष्ट्रिय प्रतिव्यक्ति आय १२  हजार ५ सय डलर अर्थात १४ लाख नेपाली रुपैयाँ हुने छ। उक्त आए भएपछि मुलुक उच्च आय भएको विकसित मुलकुको सूचीमा पुग्नेछ भन्ने खबर कान्तिपुर दैनिकमा छ।

आयोगको यो लक्ष्यलाई योजनाविद्हरुले महत्वकांक्षी र पूरा गर्न असम्भव भनी टिप्पणी गरेका छन्।  आयोगले प्रस्तुत गरेको सोचको मस्यौदाअनुसार विस २०७८ मा अधिकतम विकसित मुलुकबाट स्तरोन्तती हुनेछ। त्यति बेला नेपालीको कुल राष्ट्रिय आय प्रतिव्यक्ति एक हजार नौ सय हुने छ। त्यसको नौ वर्ष पछि उच्च मध्यमको आय भएको मुलुक हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.