|

सरकारविरोधी आन्दोलनले उग्ररूप लिएपछि  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन्।

इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि अान्दोलन भइरहेका वेला राष्ट्रपति म्याक्रोनले राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन्। प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे।

उनले सन् २०१९ मा न्यूनतम पारिश्रमिकमा प्रतिमहिना १०० यूरो बढाउने घोषणा गरे। उनले कम आय भएकाहरूमाथिको कर वृद्धिको घोषणा पनि रद्द गरिदिएका छन्। त्यस्तै अतिरिक्त काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने पनि उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.