|

रुसको एक अदालतले  एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ। 

यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्।  ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कुख्यात अपराधीको रूपमा परिचित भएका छन्। 

रुसको इरकुस्तुक अदालतले ती पूर्वप्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ। उनीमाथि ५५ महिलाको बलात्कारपछि हत्या गरेको र एक प्रहरी अधिकारीको निर्ममतापूर्वक हत्या गरेको अभियोग छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.