ग्लाडियटर र चितवन टाइगर्स अामनेसामने

|

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा मंगलबार विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। 

यसअघिका दुवै खेल हारेको पोखरा पहिलो जितको खोजीमा हुनेछ भने पहिलो खेल जितेको विराटनगर पनि अपराजित यात्रा कायम राख्ने दाउमा छ। 

प्रतियोगिताअन्तर्गत मंगलबार दिउँसो एक बजे हुने खेलमा भैरहवा ग्लाडियटर र चितवन टाइगर्स भिड्नेछन्। भैरहवा पहिलो खेलमा विजयी भएको छ भने चितवन यसअघिका दुवै खेलमा पराजित भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.