|

बाँके : नेपालगन्जको ‘मर्निङ वाक’ गर्नेहरुको समूहले देउसीभैलो खेलेर जम्मा गरेको तीन लाख रुपैयाँ वृद्धाश्रमलाई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा सोमबार नेपालगन्जको नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई दिएको हो। समूहका अगुवा डा. सुरेशकुमार कनोडियाले केन्द्रकी अध्यक्ष सरिता खनाललाई चेक हस्तान्तरण गरेका हुन्।

समूहमा डाक्टर, अधिकारकर्मी, कानुन व्यवसायी, राजनीतिकर्मी, निजामती कर्मचारी, निजी विद्यालय संचालक, उद्योगी, व्यवसायी, पत्रकारलगायत छन्। देउसीभैलोको रकम वृद्धाश्रमलाई दिने निर्णयअनुसार केन्द्रलाई रकम प्रदान गरिएको मानवअधिकारकर्मी भोला महतले बताए। उनले भने, ‘मर्निङ वाकका क्रममा चिया गफमा बनेको योजना अनुसार तिहारमा एक दिन खेलेको देउसीभैलीबाट सकंलित रकम वृद्धाश्रमलाई दियौँ।’ 

देउसीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विजयकुमार गुप्ता, मेडिकल कलेजका डा. कनोडिया, डा. विनोद थापा र डा. गोपाल श्रेष्ठले ५१–५१ हजार रुपैयाँ दक्षिणा दिएका थिए। उद्योगपति कन्हैयालाल वैद्यले ३१ हजार, प्रदीप छाजेडले २५ हजार र वेष्टर्न बिजनेश गु्रपले २५ हजार र चम्पालाल बोथराले २१ हजार दिएको टोलीका सदस्य डा. बद्री चापागाईंले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.