|

काठमाडौं : संवैधानिक परिषदको बैठक मंगलबार बस्दै छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे बस्ने बैठकमा न्यायपरिषदले पठाएका दुई न्यायाधीशको नामको विषयमा छलफल हुने छ।

बिहान साढे ११ बजे बस्ने भनिएकाे बैठक साँझ ५ बजेका लागि सारिएकाे प्रधानमन्त्रीका प्रेस स‌ंयोजक चेतन अधिकारीले जानकारी दिए।  

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते अवकाश पाउने भएकाले सोअगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाँडै बाहिरिएपछि गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन।   

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुईजना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। संसदीय सुनुवाइ समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम अस्वीकृत भएपछि मिश्र प्रधानन्यायाधीश नियुक्त भएका थिए। 

नेपालको संविधान २०७२ को धारा २८४ मा प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.