|

गुल्मी : गुल्मीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ। पछिल्लो तीन बर्षमा मात्रै ५५ वटा दुर्घटना भएका छन्। जसमा परि ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ३५ पुरुष, १० महिला र तीन बालबालिका रहेका छन्। भने १३८ जना घाइते भएका छन्। घाइतेमध्ये ८६ जना गम्भीर ५२ जना सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। आर्थिक बर्ष २०७२/७३ मा कुल २८ सवारी साधन दुर्घटनामा परेका छन्। जसमध्ये पाचँवटा बस, सातवटा जिप/कार, छ वटा ट्याक्टर र ११ मोटरसाइकल रहेका छन्। दुर्घटनाबाट १९ जनाको ज्यान गएको छ। जसमध्ये १५ जना पुरुष रहेका छन्। महिला र बालबालिका दुई/दुई जना छन्। सोहि बर्ष ३७ जना गम्भिर घाइते भएका छन्। जसमध्ये २८ पुरुष, दुई महिला र ६ बालबालिका रहेका छन्। त्यस्तै १४ जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये महिला र पुरुष छ/छ जना तथा चारजना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालले जनाएको छ।

आर्थिक बर्ष २०७३/७४ मा १९ सवारी दुर्घटनामा परेका छन्। जसमध्ये बस र ट्रक एक/एक वटा, जिप/कार र ट्याक्टर सात/सात वटा तथा मोटरसाइकल तीनवटा रहेका छन्। दुर्घटनामा परी छ पुरुष, तीन महिला र एक बालबालिका गरी १३ जनाको मृत्यु भएको छ। भने २१ जना गम्भिर र १६ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइतेमध्ये १३ पुरुष, दुई महिला र छ बालबालिका छन्। त्यस्तै १० पुरुष, दुई महिला र चार बालबालिका सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

आर्थिक बर्ष २०७४/७५ मा कुल १७ दुर्घटना भए। जसमा बस दुईवटा, जिप/कार चारवटा, ट्याक्टर पाचँवटा, मोटरसाईकल पाचँवटा र अन्य एउटा सवारी दुर्घटनामा परे। सोही बर्षको दुर्घटनामा परि १९ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये १४ जना पुरुष र पाचँ जना महिला रहेका छन्। सोहि आर्थिक बर्षमै दुर्घटनामा परि २८ जना गम्भिर घाइते भएका छन्। २२ जना सामान्य घाइते भएका छन्। गम्भिर घाइतेमध्ये १७ पुरुष, छ महिला र पाँच बालबालिका रहेका छन्। सामान्य घाइतेमध्ये १७ पुरुष, एक महिला र चार बालबालिका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तीन बर्षमा ७७ लाख संकलन
गुल्मीमा पछिल्लो तिन बर्षमा सवारी कारवाहि संङ्ख्या र राजस्व पनि बृद्धि हुँदै गएको छ। कुल १३ हजार ८५५ सवारी कारवाहिबाट ७७ लाख नौ हजार १०० संकलन गरिएको छ रकम संकलन भएको हो। जसमध्ये आर्थिक बर्ष ०७२/७३ मा तिन हजार ७४० सवारी कारवाहिमा परेका छन्। जसबाट १६ लाख १४ हजार ६०० राजस्व संकलन भएको छ। त्यस्तै आर्थिक बर्ष ०७३/७४ मा पाँच हजार ३१३ सवारी कारवाहिबाट ३२ लाख एक हजार राजस्व संकलन भएको छ। आर्थिक बर्ष०७४/७५ मा चार हजार ८०२ सवारी कारवाहिबाट २८ लाख ९३ हजार ५०० राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

चार महिनामा १३ दुर्घटना, सातको मृत्यु 
गुल्मीमा पछिल्लो चार महिनामा १३ सवारी दुर्घटना भएका छन्। जसमा सातजनाको ज्यान गएको छ। २१ जना गम्भँर घाइते भएका छन् भने ११ जना सामान्य घाइते भएका छन्। आर्थिक बर्ष २०७५/७६ को साउनदेखि कार्तिकसम्म सो दुर्घटना भएका हुन्। जसमध्ये साउनमा जिप र ट्याक्टर एक/एकवटा दुर्घटना भए। जसमा एक पुरुषको ज्यान गयो भने अर्का घाइते भए। 

भदौमा दुई जिप र एक ट्याक्टर गरी तिन सवारी दुर्घटनामा परे। जसमा पुरुष र महिला एक/एक गरी दुईजनाको ज्यान गयो। चारजना गम्भिर र एकजना सामान्य घाइते भए। गम्भिर घाइतेमध्ये महिला दुईजना तथा पुरुष र बालबालिका एक/एक जना रहेका जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ। 
त्यस्तै एकजना पुरुष सामान्य घाइते भएका छन्। असोज महिनामा एउटा बस र एउटा जिप गरी दुई सवारी दुर्घटनामा परे। जसमा परि दुईजना पुरुषको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी हवल्दार देवी प्रसाद पौडेलले जानकारी दिए। सोही महिनाका दुर्घटनामा परि एकजना पुरुष गम्भिर घाइते भएका छन्। भने कार्तिक महिनामा जिप र ट्याक्टर दुई/दुईवटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। 

जसमा परि महिला र बालबालिका एक/एक गरी दुईजनाको ज्यान गएको छ। पाँच पुरुष, छ महिला र चार बालबालिका गरी १५ जना गम्भिर घाइते भएका छन्। त्यस्तै सोहि महिनामा सवारी दुर्घटनामा परि १० जना सामान्य घाइते भएका छन्। जसमध्ये एक पुरुष, पाचँ महिला तथा चार बालबालिका रहेको हवल्दार पौडेलले जानकारी दिए।

चार महिनाको राजस्व १३ लाख 
दुर्घटना बढेसँगै सवारी कारवाहिबाट संकलन गरिने राजस्व पनि बृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ। आर्थिक बर्ष २०७५/७६ को पछिल्लो चार महिनामा मात्रै दुई हजार १५१ सवारी कारबाहिबाट १२ लाख ८३ हजार संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

१५ जनाको मापसे कारवाहिबाट १५ हजार संकलन गरिएको छ। कारवाहिमा पर्नेमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन्। कुल ९०९ मोटरसाईकलबाट आठ लाख ८५ हजार राजस्व संकलन गरिएको छ। साउन महिनामा ५१८ सवारी कारवाहिबाट तिन लाख २७ हजार तथा पाचँ मापसेबाट  पाँच हजार संकलन गरिएको छ। 
सो महिनामा ४५ ट्रक कारबाहिबाट २८ हजार, १७ बस कारवाहिबाट आठ हजार ५००, १७३ जिप/कार कारवाहिबाट एक लाख, २५ ट्याक्टर कारवाहिबाट १३ हजार ५०० तथा २५८ मोटरसाईकल कारवाहिबाट एक लाख ७७ हजार राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 
त्यस्तै भदौमा २२ ट्रक कारवाहिबाट १३ हजार ५००, ३७ बस कारवाहिबाट १८ हजार ५०० तथा २४१ जिप/कार कारवाहिबाट एक लाख ३२ हजार राजस्व संकलन गरिएको छ। त्यस्तै १७ ट्याक्टर कारवाहिबाट नौ हजार, २४० मोटरसाईकल कारवाहिबाट एक लाख ५४ हजार तथा चार मापसे कारवाहिबाट चार हजार संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख पृत्वीनारायण काफ्लेले जानकारी दिए। 

असौजमा कुल ४६६ सवारी कारवाहिबाट दुई लाख ७० हजार संकलन भएको छ। जसमध्ये ४८ ट्रक कारवाहिबाट ३० हजार, ३३ बस कारवाहिबाट १६ हजार ५००, २१३ जिप/कार कारवाहिबाट एक लाख २४ हजार ५०० संकलन गरिएको छ। ४६ ट्याक्टर कारवाहिबाट २७ हजार ५००, १७३ मोटरसाईकल कारवाहिबाट एक लाख छ हजार ५०० संकलन गरिएको छ। तीन मादक पदार्थ सेवन गरी सवारी चलाउनेबाट तीन हजार राजस्व संकलन भएको छ। कार्तिकमा सबैभन्दा धेरै सवारी कारबाहीमा परेका छन्। 

कुल ६१० सवारी कारवाहिबाट तीन लाख ५९ हजार संकलन गरिएको छ। जसमध्ये १९ ट्रक कारवाहिबाट ११ हजार, ११८ बस कारवाहिबाट ६३ हजार ५००, २१३ जिप/कार कार कारवाहिबाट एक लाख २४ हजार ५०० संकलन गरिएको छ। त्यस्तै २२ ट्याक्टर कारवाहिबाट १२ हजार ५००, २३८ मोटरसाईकल कारबाहीबाट एक लाख ४७ हजार ५०० तथा तिन मापसे कारवाहिबाट तीन हजार संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.