|

काठमाडौं : नक्कली सुन बेच्न खोज्ने दुईजना पक्राउ परेका छन्। दुई किलो नक्कली सुन उनीहरुले ६६ लाखमा बेच्न खोजेका थिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने २३ वर्षका लालबहादुर लामा र सिन्धुपाल्चोक मेलम्चीका राजिव तामाङ रहेका छन्।

उनीहरुले सोमबार आफूहरुसंग दुई किलो सुन रहेको र ६६ लाखमा बेच्चे भन्दै ग्राहक खोजिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट पक्राउ गरेको हो।

उनीहरु यस अघिसमेत नक्कली सुन प्रकणमा पक्रा पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत धरौटीमा छुटेका व्यक्ति भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जनाकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.