|

काठमाडौं : नेपाली कांग्रेसको शुक्रबारदेखि हुने महासमिति बैठकमा प्रस्तुत हुने राजनीति दस्तावेजको मस्यौदा केन्द्रीय समितिबा पेस भएको छ। केहीबेरअघि सुरु भएको बैठकमा उपसभापति विमलेन्द्र निधिले तयार पारेको राजनीतिक प्रस्ताव पेस भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

मस्यौदामा अहिलेको राजनीतिक अवस्था, कांग्रेसको आगामी राजनीतिक दिशालगायत विषय समावेश गरिएको छ। यसअघि केन्द्रीय समितिबाट विधान मस्यौदालाई अन्तिम रूप दिन कांग्रेस सभापतिसहित शीर्ष नेता आन्तरिक छलफलमा जुटेका थिए। विधान मस्यौदामा गुटगत विवाद देखिएका कारण केन्द्रीय समितिबाट सर्वसम्मत पारित नहुने आएपछि नेताहरू सहमतिका लागि जुटेका हुन्।

तर आन्तरिक बैठकमा पनि सहमति नजुटेको स्रोतको दाबी छ। बैठकमा सभापतिसहित उपसभापति विमलेन्द्र निधि, नेता अर्जुनरसिंह केसी, मीनेन्द्र रिजाल, रमेश लेखकलगायत रहेको स्रोतले बताएको छ। संस्थापन पक्ष र असन्तुष्ट पक्षले विधान मस्यौदालाई आफूअनुकुल बनाउने प्रयास गरेपछि केन्द्रीय समितिबाट मस्यौदा पारित हुन सकेको छैन। कांग्रेसको महासमिति बैठक यही शुक्रबारबाट बस्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.