|

काठमाडौंः जनगणतान्त्रिक इन्जिनियर्स एशोसियस नेपालले इन्जिनियरिङ एशोसियसनको चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । सिण्डिकेट लगाएर चुनाव गर्न खोजिएको भन्दै एशोसियसनले चुनाव बहिष्कार गर्ने निर्णय गरको हो। 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनगणतान्त्रिक ईन्जिनियर्स एशोयिसनले ७० प्रतिशत भन्दा बढी इन्जिनियरहलाई वेवास्ता गरेर सिन्डिकेट लगाएर चुनाव गर्न खोजिएको आरोप लगाएको छ। केन्द्रीय संयोजक  इन्जिनियर सुरेश कुमार चौधरीले निकालेको विज्ञप्तिमा ४४ हजार दर्ता भएका मध्य २६ हजार भन्दा बढी ईन्जिनियरलाई समेट्न नसकेकाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको उल्लेख छ।

विज्ञिप्तिमा भनिएको छ ‘नेपाल इन्जिनियरिङ एशोसियसनले आफ्नो मूल उद्देश्यहरुलाई कार्यान्वयन गर्न नसकेर चुनावको नाममा चुनाव मात्र गराउनु लज्जास्पद छ। नेपाल इन्जिनियरिङ एशोसियसनको चुनाव समग्र इन्जिनियरहरुको हकहितको लागिभन्दा पनि राजनैतिक नियुक्ति प्राप्तगर्न फेस एक्स्पोजरको रुपमा प्रयोग गरिएको छ।’ 

नेपाल इन्जिनियरिङ्ग एशोसियसनको ३२ औं केन्द्रीय समितिको चुनाव यही मंसिर  २८ गते २९ गत चुनाव हुँदैछ। एशोसियसनले चुनाव बहिष्कार गर्न सबै इन्जिनियरहरुलाई आग्रह समेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.