|

काठमाडौं :  यस बर्षको स्वर्गीय बाबुराम भट्टराई स्मृति पुरस्कार पुल्चोक क्याम्पसको आर्टिटेक्चर विभागमा अध्ययन्रत विद्यार्थी रश्मी गौतमलाई प्रदान गरिएको छ। बाबुराम भट्टराई स्मृति प्रतिष्ठानद्वारा आज पुल्चोक क्याम्पसमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो। 

गौतमले यसबर्षको इन्जिनियरिङ तर्फको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याएकी थिइन्। २० हजार राशीको उक्त पुरस्कार स्वर्गीय भट्टराईकी श्रीमती मथुरा भट्टराईले प्रदान गरेकी थिइन्।

 इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालीन डीन इन्जिनियर बाबुराम भट्टराईको विसं २०६६ मंसिर २४ गते निधन भएको थियो । उनैको सम्झनामा परिवारले तीन बर्षअघि प्रतिष्ठान खोलेका हुन् । यसैबीच आज आयोजित समारोहमा इन्जिनियरिङ संस्थानले ए ब्लक सभाकक्षलाई बाबुराम भट्टराई स्मृति हल नामकरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.